मानव तस्करी गिरोहको नाइके ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_P7c5bet33B_lzbis4dlmdjjfmxjkrjhqpdrzh7mrt6qgczj1hqmzxm56h2nhsdy8v9qwz2d.jpg)
नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । क्यानाडा निवासी गौतम दुई वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । करिब २ वर्षअघि गौतमको समूहले तीन नोपली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो । उनीहरुसँगै एक कलाकारलाई समेत हाइटी पुर्याइएको थियो । प्रहरीले अनुसन्धानका लागी भन्दै उक्त कलाकारको नाम भने गोप्य राखेको छ ।
हाइटीहुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका पुर्याउने उनीहरुको योजना रहेको थियो । तर, उनीहरु सवार पानीजहाज बिग्रीएर समुद्री छालको बहावसँग बग्दै बहामास भन्ने देशमा पुगेपछी उक्त पानीजहाजलाई त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरु आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका हुन् ।
उनीहरुले गरेको उजुरीकै आधारमा प्रहरीले बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको छ ।
अपराध महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार पीडितहरुले गौतमलाई पैसा दिएको प्रमाण भेटिएको छ । गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएका थिए । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए । सो फिल्मबाट उनको थप चर्चा भएको थियो ।
पछिल्लो समय वैदेशीक कार्यक्रमका लागी भन्दै गैर कलाकारहरुलाई विदेश लाने गिरोहहरुको सकृयता निकै बढेर गएको छ । कलाकार भन्दा विदेश लान सहज हुने र विदेश पुगेपछि लुकेर वा लुकाएर राख्नेहरुको संख्यामा वृद्धि आएको छ । कतिपय व्यक्ति त विभिन्न माध्यमको प्रयोग गरि गैरकानुनी रुपमा लुकिछिपी विभिन्न देश पुग्ने गरेका छन् । र, उनीहरुलाई लाने व्यक्तिले उनिहरुसँग मोटो रकम असुल्ने गरेका घटनाहरु सुन्न पईन्छ । यस्तै घटनाहरुका बीचमा मानव तस्करमा सकृय गौतम नाइके रहेको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न भने प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_1sryLldTjg_g5mkz0xyngyrzdycdnc3onhd1dfy9wyjjftryeevfvxawm8pzhizh3zfoh49.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_8E2SlK4ilC_kuq7yjexjfsqohordcl6tm5lzgu0j4orhe7jezmlpfdeekiqlwlgoruc2yui.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_b0JWLR47yz_gagxaijfwltpypi1l0ax3zvotsm6kcdqllab3iw0uysqvtby0byn8qwn32yp.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_0866V22p8P_nrnudtbaophtf1fbhotqknzggie4iaxmofj022ro3oq2yzznvyjcyhne2yfj.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया