सुमन थापा अभिनित तीज गीत ‘माइतीको आँगनी’ (भिडियो)

सुमन थापाको अभिनय रहेको तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । दुर्गा केसी र शिव केसीको आवाज रहेको गीतमा शब्द तथा संगीत रामचन्द्र अर्याल र गायक केसीको रहेको छ भने संगीत संयोजन सागर बिरहीले गरेका छन् । सुमन संगै गायक केसी, रमेश कंडेल, इश्वर कंडेल, रन्जना पोखरेलको साथमा बाल कलाकार निर्जल वाग्ले र आशिका पाण्डेको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियो विष्णु शर्माले सम्पादन र प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियो निर्माण रामहरी केसीको रहेको छ।