सलमान खानको फिल्ममा ‘राते काईला’

नेपाली कलाकार सुनिल थापा ‘राते काइला’ ले अर्को भारतीय फिल्ममा काम गर्ने पक्का भएको छ । फिल्म मेरी कोममा प्रियंका चोपडाको कोचको भूमिकामा देखिएका उनी अब भने सलमान खानको फिल्ममा देखिन लागेका हुन् ।भारतको मणिपुर राज्यको कथा रहेको फिल्ममा थापा मुखियाको भूमिकामा रहने छन् ।

उनी सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको हो । यहि फिल्ममार्फत कट्रिना कैफकी बहिनीले समेत डेब्यु गर्दै छिन । आयुष शर्माको मुख्य भूमिका रहने फिल्मको निर्देशन करर भुटानीले गर्ने छन् ।