सुनिता दुलालको तीज गीत ‘चुरा टिका लाली’ (फोटो फिचर)

सुनिता दुलालको तीज गीत “चुरा टिका लाली” सार्वजनिक हुने क्रममा रहेको छ । गीतको भिडियो छायांकन भैरहेको छ ।गीतमा डा. कृष्णहरी बरालको शब्द, महेश खड्काको संगीत तथा श्याम स्वेत रसाइलीको संगीत संयोजन रहेको छ ।अर्जुन तिवारीले छायांकन गरेको भिडियो शिव विकले निर्देशन गरेका हुन् । शोफी सुनुवारको शृंगार रहेको गीतका तस्विरहरु रक कौसलले खिचेका छन्।