लकडाउनमा राजेश हिरो, मधु हिरोइन

सरकारले लकडाउन घोषणा गर्दा महानायक राजेश हमाल भने ‘होम क्वारेन्टाइन’मा रमाइलो गर्दै बसेका छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमार्फत फोटो/भिडियो अपलोड गरेका छन् जसमा उनी श्रीमती मधु भट्टराईसँग नाचेको देखिन्छ ।

 

यसका साथै उनले श्रीमती मधुको तस्बिर राख्दै भनेका छन्, ‘ तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल। हाहा !!’

लकडाउनको समयमा उनि कहिले श्रीमती मधुसँग रमाइलो गरिरहेका हुन्छन् त कहिले घरमै जिम गरिरहेका हुन्छन् । केहि अघि एक भिडियो मार्फत उनले लकडाउन पालना गर्दै सबैलाई सतर्कताका साथ घरमै बस्न अनुरोध पनि गरेका थिए ।