तंग्रिन खोज्दै यशराच

अभिनेता यशराज गरचको करिअर नेपाली फिल्ममा गायब छन् । उनलाई बर्तमान अवस्थाका चकलेटी अभिनेताहरुसँग जुध्न समस्या पर्यो ।

यशराज गराचले फिल्म नपाएका थिएनन् । फिल्म क्षेत्र परिवर्तन भएपछि उनलाई गाह्रो भयो । नागबेली फिल्म खेल्दासम्म त उनलाई फिल्मको अफर आइरहेको हो ।

अभिनेता यशराज गराच तग्रिन खोजेका छन् । उनको २ वटा फिल्म रिलिज हुन लागेका छन् । ५ बर्षदेखि बनेर रिलिज हुन नपाएको कीर्तिपुर फिल्म आउने भएको छ । पृथ्वीनारायण शाह बनेर उनी यो फिल्ममा देखिन लागेका छन् ।

यशराजको लभ यू हमेशाको पोष्टर पनि आएको छ । पोष्टरमा उनलाई नै देख्न पाइन्छ । नाम हिन्दी लाग्ने लभ यू हमेशा भदौमा आउनेछ ।

यशराज गरचलाई अहिले फिल्ममा लिएर काम गर्न लगानी गर्न मान्छे चाहन्नन् । किर्तिपुर र लभ यू हमेशा चल्यो भने यशराज तंग्रिन सक्लान् ।

यी दुबै फिल्म चल्नपर्छ उनका लागि । यशराज तंग्रिएलान् त ?