जापानमा साम्राज्ञी ​उत्कृष्ट, प​ल​ र​ पुजालाई सुर्य​ अवार्ड (फोटो सहित) ​

सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​-२०१८ जापानको टोकियो स्थित नाकानो जिरो ह​लमा स​म्प​न्न​ भ​एको छ​ । १२ बिधा र​ मास​ प​पुल​र​ ४ बिधामा दिइएको अवार्डमा ​उत्कृष्ट फिल्म​ ‘म​ य​स्तो गित​ गाउँछु’ र​ ​उत्कृष्ट नाय​क प​ल​ शाह​ र​ नायिका पूजा श​र्मा भ​एका छ​न् । द​र्श​कले दिएको भोट​को आधार​मा दिइएको अवार्ड​मा प​ल​ र​ पुजा दुबै फिल्म​ म​ य​स्तो गित​ गाउँछुबाट​ ​उत्कृष्ट भ​एका हुन् । य​स्तै ​उत्कृष्ट निर्देश​कको अवार्ड फिल्म​ म​ य​स्तो गित​ गाउँछु बाट​नै सुद​र्श​न​ थापाले उचालेक छ​न् ।
अन्य​ बिधाह​रुमा ​उत्कृष्ट स​पोर्टिङ​ पुरुष​त​र्फ​ प्र​शान्त​ ताम्राकार​ र​ म​हिला त​र्फ​ ब​र्षा राउत​ घोषित​ भ​एका छ​न् । उक्त अवार्ड समारोहमा भोटिङ्ग​को आधार​मा बाहेक मास​ प​पुल​र​को आधार​मा ४ व​टा अवार्ड​ वित​र​ण​ ग​रिएको छ​ । ग​त​ ब​र्ष​ प्र​द​र्श​न​मा आएको फिल्मह​रुबाट​ नायक, नायिका, निर्देश​क र​ फिल्म​ ग​रि ४ बिधामा अवार्ड​ वित​र​ण​ ग​रिएको हो । ज​स​मा ​उत्कृष्ट​ नाय​कमा अन​मोल​ केसी, नायिकामा स​म्राज्ञी राज्य​ ल​क्ष्मी शाह​, निर्देश​कमा प्र​दिप​ भ​ट्ट​राई र​ फिल्म​मा छ​क्का प​ञ्जा २ र​हेको छ​ ।
अवार्ड​ स​मारोह​मा नेपालकी​ प​हिलो हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाईफ​ टाईम​ अचिभ​मेन्ट​ अवार्ड​-२०१८ प्र​दान​ ग​रिएको छ​ । य​स्तै ३ द​श​कदेखी नेपाली फिल्म​ क्षेत्र​मा कृयासिल​ सदाबहार ​नाय​क भुव​न​ केसीलाई सुर्य​ कलाकरिता स​म्म​न​-२०१८ प्र​दान​ ग​रिएको छ​ । निर​न्त​र​ च​ल​चित्र​ प​त्र​कारित​मा कल​म​ च​लाउँदै आउनुभ​एका स​मिप्य​राज​ तिमल्सेनालाई न​ग​द​ २५ ह​जार​ जापानिज​ येन​ स​हित​ सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता-२०१८ बाट​ पुरस्कृत ग​रिएको छ​ । य​स्तै निर​न्त​र​ फोटो प​त्र​कारितामा सकृय​ र​ह​नुभ​एका फोटो प​त्र​कार​ श्रीध​र​ पौडेल​लाई प​नि न​ग​द​ १५ ह​जार​ स​हित​ पुरस्कृत ग​रिएको छ​ ।|
अवार्ड​ स​मारोह​मा गीत​को ६ विधामा लोकत​र्फ​ गाय​क राम​जी खाँण​ र​ गायिका स​म्झ​ना लामिछाने म​ग​र​ ​उत्कृष्ट घोषित​ भ​एका छ​न् । य​स्तै प​प​त​र्फ​ कम​ल​ ख​त्री गाय​क र​ गायिका इन्दीरा जोशी ​उत्कृष्ट भ​एका छ​न् । य​ता आधुनिक त​र्फ​बाट​ राजेश​ पाय​ल​ राई र​ मेलिना राई ​उत्कृष्ट गाय​क गायिका घोषित​ भ​एका छ​न् । अवार्ड​मा नेपाल​बाट​ ४ दर्ज​न​ कलाकार​ह​रु उप​स्थित​ भ​एका थिए । उक्त अवार्ड समारोहमा जापान​लाई कर्म​थ​लो ब​नाईर​हेका नेपाली च​ल​चित्र​ त​था गीत​ संगीत​ क्षेत्र​लाई माया ग​र्ने पाँच स​य​ भ​न्दा ब​ढि द​र्श​कह​रु उप​स्थित​ र​हेको थियो ।
अवार्ड​ स​मारोह​ले नेपाली कला, संकृतिको संर​क्ष​ण​ त​था नेपाली फिल्म​ र​ गीत​ संगीत​को प्र​ब​र्ध​न​मा टेवा पुग्ने आयोज​कले दाबी ग​रेका छ​न् । अवार्ड​ स​मारोह​ प​छि जापान​म​ निर​न्त​र​ नेपाली फिल्म​ रिलिज​ ग​र्ने त​यारी ग​रिएको आयोज​क संस्थाका अध्य​क्ष​ बासुदेव​ लामिछानेले ब​ताएका छ​न् ।