जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ हुने

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेका हुन् । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने आयोजकको रहेको छ । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्री श्वेता खड्का , गायक हेमन्त शर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , गायक कमल खत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने छ । अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । अघिल्लो वर्ष अवार्डमा सहभागी भएका भुवन केसीले यसको तारिफ गरे ।

पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । परेका आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ ।