‘आमा’ छोडेर ‘सेन्टी भाइरस’ मा सूर्यमाला

सुर्यमाला खनालले केहि भाग छायांकन पश्चात फिल्म ‘आमा’ छोडिन् । फिल्म निर्देशक दिपेन्द्र के खनालले अमेरिका जान पर्ने भएको कारण समय तालिका नमिलेर समझदारी नै उनले फिल्म छोडेको बताए । उनको ठाउँमा मिथिला शर्माले अभिनय गर्ने पक्का भएको छ ।

यही बीच कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको मुख्य भूमिका रहने फिल्ममा उनी आबद्ध भएकी छन् ।

आमाको छायांकनमा ढिलाइ भएको पक्का हो । यसले कलाकारलाइ पक्कै फाइदा छैन । हुन त निर्मातालाई अझ बढी घाटा होला । तर फिल्म छोड्ने समय झुटो कारण नदेखाएको भए हुने ।

जुन समयको व्यस्तता देखाउदै उनी फिल्मबाट बाहिरीइन्, सोहि समय आसपास छायांकन हुने फिल्म ‘सेन्टी भाइरस’ मा उनी आबद्ध छिन् । टिममा खटपट भएर त खनालले फिल्म छोडेकी थिइनन् नी ? शंका गर्ने वातावरण सिर्जना भएको छ ।