सूर्यमालाको स्थानमा मिथिला ‘आमा’ बन्दै

फिल्म ‘आमा’ मा आमाको भूमिकामा सुर्यमाला शर्मा रहेकी थिइन् । तर निर्माण टिम कै सहमतिमा केहि भाग छायांकन पश्चात उनी बाहिरिएकी छन् भने उनको ठाउमा मिथिला शर्मा आमा बन्ने भएकी छन् । पानीमा छायांकन गर्नु पर्ने भएको कारण फिल्मको छायांकनको समय लम्विरहेकोमा सुर्यमालाको असोजमा अमेरिका जाने निर्णय तलमाथि पर्न सक्ने बिषयलाइ ध्यानमा राख्दै कलाकार परीवर्तन गरिएको हो ।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा शर्माका अलावा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मले आमा र छोरीको कथालाई उठान गर्नेछ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै तयार पारिएको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । फिल्म फागुन ९बाट प्रदर्शनमा आउने छ ।