“पूजा-आकाशको फेक एकाउन्टबाट म माथि अपशब्द बोलियो” – सुष्मा कार्की

अभिनेत्री सुष्मा कार्कीले पूजा शर्मा र आकाश श्रेष्ठले फेक एकाउन्टहरु बनाएर आफ्नो प्रसंशा आफै गर्ने गरेको आरोप लगाएकी छिन् । उनले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलासंगको अन्तर्वार्ताको क्रममा यस्तो आरोप लगाएकी हुन् । सुष्माले आफु संग उक्त कुराको प्रमाण पनि भएको र त्यो प्रमाण नेपाल प्रहरीको साइबर ब्युरोमा पनि पुगिसकेको बताइन् । सामाजिक संजालमा आफुलाई पूजा-आकाशका फेक फ्यानहरुले अपशब्द बोलेकोले आफु साइबर ब्युरो गएको सुष्माले बताएकी छिन् ।

दुई वर्ष अघि ‘रमाइलो छ’ युट्युब च्यानलमा उत्सब रसाइलीसंगको कुराकानीको क्रममा सुष्माले पूजा शर्माको क्यारिकेचर गरेकी थिईन् । त्यस लगत्तै पूजाका फ्यानहरु आक्रोशित भएर उनि माथि खनिएका थिए ।