सुष्मा महराको राजनीतिमा फड्को, काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा नियुक्त

नेपाल चेम्वरअफ कर्मसले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता नविकरण नगरेर आफु पनि जिल्ला जाने बाटो रोजेपछि शुरु भएको विवाद काठमाण्डौ उद्योग वाणिज्य संघ गठन भएसंगै समाप्त भएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट बिधिवत रुपमा दर्ता भएपछी नेपाल उद्योग वाणिज्य महासंघको काठमाण्डौै जिल्ला सदस्य काठमाडौं उद्योग वाणिज्य संघ गठन भएको हो ।

प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ अध्यक्ष रहेको यस संघका उपाध्यक्षमा हेमराज ढकाल, जय प्रसाद सिवाकोटि र उत्तम श्रेष्ठ रहेका छन् । त्यस्तै महा–सचिवमा रामनाथ श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा महरा सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन, रविन श्रेष्ठ, डिवि कडेल,लोकनाथ गैरे लागायत रहेका छन् ।

काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बनेसँगै फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले यो आफ्नो राजनीतिक फड्को रहेको बताइन् । ‘म हर सम्भव आफ्नो तवरबाट यो जिम्मेवारीलाई पूर्णतय निस्पक्ष रुपमा पुरा गर्नेछु’ महराले भनिन् । ‘व्यवसायिक रुपमा आफुले हाँसिल गरेको सफलताले आज यो स्थानमा पुर्याएको हो’ महराको भनाई छ । उनी एक दसक अगाडी देखी सौन्दर्य व्यवसायमा सकृय छिन् ।