स्वस्तिमा : बर्ष अब्बल नायिका (फोटो फिचर)

फिल्म होस्टेल रिटन्र्सबाट उदाउँदा स्वस्तिमालाई लामो रेशको घोडाको रुपमा हेरिएको होइन । किनकी, स्वस्तिमा यति लामो जालिन् र कुनै बर्ष नम्बर १ नै बन्लिन् भनेर सोच्ने कमै थिए । तर, स्वस्तिमाले आफूलाई परिवर्तन गरिन् । नाई नभन्नु ल ५, जय भोले र बुलबुल यो बर्ष स्वस्तिमाले काम गरेका फिल्म हुन् । तिनै फिल्ममा उनको अभिनय बुलन्द थियो । झन्, बुलबुलको बुलन्द अभिनयले स्वस्तिमालाई उचाइमा लग्यो । स्वस्तिमा अभिनित नाई नभन्नु ल ५ र जय भोले चलेका थिए । बुलबुल नचलेपनि तारिफ पायो । स्वस्तिमालाई अर्को बर्ष पनि फिल्मको अभाव नहुने देखिन्छ । स्वस्तिमाको मिहिनेत र काम सार्थक भएको बर्ष हो यो ।

dress : Swornim creation &  kasa