सोलो चल्ने दाउमा स्वस्तिमा

कलाकारको एउटा चाहा हुन्छ, सोलो चल्ने । आँचल शर्माले भने जस्तो हुलमुलमा चलेपनि त्यसले कलाकारलाई सन्तुष्ट दिदैन । किनकी, त्यसरी चल्दा हिट त भइन्छ तर दर्शकको आँखामा परिदैन ।

अभिनेत्री स्वस्तिमा खड्काको चलाई पनि यस्तै हो । नाई नभन्नु ल ५ चल्यो तर उनी सन्तुष्ट छैनन् । किनकी, यो फिल्ममा स्वस्तिमा नै नभएको भए पनि चल्थ्यो ।

लभ लभ लभ चलिदिएको भए उनी हिट हुन्थिन् । कुटुमा कुटु चल्यो तर उनी फिल्मकी हिरोइन होइनन् । यही भएर पनि स्वस्तिमालाई अब बुलबुल चलिदियो भने म चल्छु भन्ने लाग्न थालेको छ ।

बुलबुल स्वस्तिमाको लागि महत्वपूर्ण छ । यसैले पनि उनी यसको प्रमोशनमा गम्भिर देखिएकी छिन् । यो फिल्म चलेन भने स्वस्तिमाको अहिले बढ्दै गरेको उचाई कम हुन्छ । यसैले उनले यो फिल्मका लागि प्रमोशन गर्नका लागि कुनै कसर बाँकी नराख्ने छाटकाट देखाएकी छिन् ।

जय भोले फिल्मको प्रमोशनमा महत्व नदिएकी उनलाई बुलबुले अहिलेदेखि जुरुजुरु बनाइरहेको छ । स्वस्तिमाले प्रमोशनको तयारीको समेत भिडियो सामाजिक संजालमा पोष्ट गरेर यो फिल्म आफ्ना लागि कति महत्वपूर्ण छ भन्ने देखाएकी छिन् ।

सायद यो फिल्ममा उनी सोलो भूमिकामा भएर पनि हुनुपर्छ, उनी यसमा गम्भिर देखिएकी । तर, खेलेको फिल्म सबैमा गम्भिर हुदा राम्रो हो नी स्वस्तिमा जी ।