भुवन केसीलाई अर्को झट्का, स्वेता रेग्मीले लगाइन यस्तो आरोप

अहिले सामाजिक सञ्जालमा नेपाली फिल्मकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएसँगै अहिले सामाजिक सञ्जाल निकै तातेको छ । साम्राज्ञीले भुवन केसीले आफूलाई पाँच वर्ष अघि दुर्व्यवहार गरेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । सँगै केही दिनअघि मात्रै भुवन केसीले चलचित्र कलाकार संघमा गई साम्राज्ञीले मनगडन्ते कुरा गरेको र छानविन हुनुपर्ने माग गरेका थिए । यसै बिच स्वेता रेग्मीले भुवन केसीले आफूलाई पनि सामाजिक सञ्जालमा भुवन केसीले दुर्व्यवहारको शैलीमा कुराकानी गरेको बताएकी छन् ।

केही दिन अघि उनले भुवन केसीसँगको फेसबुक च्याटको स्क्रिन सट राखेकी थिईन् । उक्त स्क्रिन सटमा भुवन केसीले स्वेतालाई फिल्मको लागि अवसर दिन्छु, तिमी राम्री छौं लगायतका कुराहरू पठाएको देखिन्छ । अर्कातिर, स्वेताले भने भुवनको म्यासेजलाई सामान्य रुपमा नै बोल्दै छुटकारा पाउन खोजेकी छिन् ।

I am sharing a video of my conversation with the alleged person aka superstar and producer Bhuwan Kc! I don't know the…

Gepostet von Sweta Regmi am Donnerstag, 2. Juli 2020

आज साँझ ९ बजेतिर स्वेताले आफ्नो फेसबुकमा लाइभ आएर भुवन केसीसँग घटेको घटनाको बारेमा बताएकी छिन् । उनले भुवन केसीले बोल्ने शैलीले अरूलाई समेत अफ्ठयारो महसुस हुने शैली रहेको बताएकी छिन् । उनले सुपरस्टार हुँ भन्दैमा जे सुकै पनि बोल्न नहुँने बताउँदै, ‘उहाँको कुराकानीको स्क्रिन सट हेरेर मेरो छोराले पनि बोल्ने शैली भएन भनेको छ ।’

साथै, उनले साम्राज्ञीको पक्ष लिदैं पाँच वर्ष अघिको घटना आज निकालेको भनेर प्रश्न गर्न नहुने बताएकी छन् । उनले भनिन्, ‘मान्छे आफ्नो जीवनमा अगाडि बढ्न खोजिरहेको हुन्छ । अगाडि आफ्नो करिअरलाई बढाउन खोजिरहेको हुन्छ ।’ उनले यस्तो समयमा मानिसलाई दुर्व्यवहारले मनमा गडिएर बस्ने बताएकी छन् ।

स्वेता क्यानडामा बसेर करियर कन्सल्ट्यान्टको काम गर्दै छिन् ।

Lets talk about #metoomovement #metooYes- I speak English Neplish by mixing it up, focus on the message, not on my accent or me talking in half Nepali and English. Let me communicate the way I want to. If you don't like it, please unfollow! P.s-by no means I am pretty, I have my own security hidden behind makeup. Let's focus on the qualities of human beings rather than the outside appearance. When I die, I want people to talk about the impact I made not about how I looked. ?

Gepostet von Sweta Regmi am Freitag, 3. Juli 2020