त्यसपछि, तारादेवि र नारायण गोपाल जीवनभर बोलेनन् !

नेपाली महिला गायनमा सर्वाधिक लोक प्रिय गायिका तारा देवीलाई उनको स्वरको कर्णप्रियताका कारण स्वरकिन्नरीको उपाधी दिएका छन्, स्रोताले । पान पसले कृष्ण बहादुर र राधा देवी कार्कीको कोखमा पहिलो सन्तानको रुपमा बिक्रम सम्बत् २००२साल माघ २ गते उनको जन्म भएको हो । आजको हाम्रो चर्चाको विषय रहेको छ, उनको स्वाभिमानको । उनी स्वाभिमानी त थिइन् नै त्यति सजिलै कसैलाई पनि माफ गर्न सक्दैन थिइन् । यहि क्रममा उनको सिन्दुर फिल्म निर्माता, नारायण गोपाल र नातिकाजीसंग राम्रो सम्बन्ध बन्न सकेन ।

फिल्म सिन्दुरमा गीत गएकी थिइन्, उनले । सोहि फिल्म प्रदर्शनको समय सम्पूर्ण कलाकारलाई बोलाइएकोमा अन्यलाई प्रथम श्रेणीको टिकट दिएको र उनलाई तेश्रो श्रेणीको दिएको थियो । आफ्नो अपमान साहन नसक्ने उनले आफ्नो टिकट आयोजक सामु नै च्यातेर घर फर्किएकी थिइन् । २महिनाको सन्तान माइतमा छोडेर गीत रेकर्ड गराउन उनी कलकत्ता पुगेकी थिइन् । उक्त समय त्यहि फिल्म सिन्दुरको गीतका लागि उनी छोरो छोडेर गएकी थिइन् । यो समय उनको नारायण गोपाल संग बिचार बेमेल भएको थियो । त्यस लगत्तै २०३७सालमा सांस्कृतिक सस्थांको महा प्रवन्धक भए । यहि समय नारायण गोपालले नाचघरमा कार्यरत तारादेवी, कुमार बस्नेत लगायत ४० जना जति कलाकारको जागिर खोसिदिए । यस पछि ताराद्वी र नारायण गोपाल बीच अझ समस्या आयो । यी दुइ त्यस पछि जीवन भर बोलेनन् ।

त्यस्तै, धेरै गीत नातिकाजीको संगीतमा गाएकी उनको फिल्म मनको बाधको समयमा तालमेल मिलेन । र केहि वर्ष सम्म बोलचाल नै बन्द भयो । यो बीच उनले आफ्ना सबै गीतमा आफैले संगीत भरिन् । जाने त भै गो भैगो चिट्टी त आएन गीतमा उनकै स्वर संगीत छ ।