हिरोलाई सिकाएको कुरा बारम्बार गर्छिन् साम्राज्ञी

साम्राज्ञी राज्यलक्ष्मी शाह ६ वटा भन्दा धेरै फिल्म खेल्दा नेपालको स्टार हुन् । साम्राज्ञीलाई फिल्ममा लिन पनि फिल्म बनाउने मानिसहरुलाई उत्साह छ ।

साम्राज्ञीले आफ्नो मनले रोजेको फिल्म खेलेकी छन् । साम्राज्ञी राज्यलक्ष्मी शाहले ड्रिम्स फिल्म पहिलो खेलेकी हुन् ।

साम्राज्ञीले फिल्ममा नयाँ अभिनेतासँग पनि काम गरेकी छन् । सलिनमान बनियाँ, धिरज मगर उनका लागि नयाँ थिए ।

साम्राज्ञीले मारुनी फिल्मको गीत रिलिजमा नयाँ हिरोसँग काम गर्दा उनीहरुलाई नै सिकाउनुपर्ने बयान दिएकी छन् ।

उनले नयाँ हिरोसँग काम गर्दा सिकाउनु परेको तर पुष्प खड्कासँग काम गर्दा दुबै जना उस्तै भएको भनिन् ।

साम्राज्ञीले नयाँ हिरोलाई सिकाउन पर्ने भनेर पहिलो पटक त भनेकी होइनन् । साम्राज्ञी नयाँ हिरोलाई सिकाएको भनेर आफू जान्ने हिरोइन भैसकेको बताउन खोज्छिन् कि के हो ? साम्राज्ञीले नयाँ हिरोलाई आफूले सिकाउन परेको भनेर किन भनेकी हुन् बारम्बार ? साम्राज्ञीलाई अब आफू काम गर्न सिपालु भैसकेको भनेर पुष्टी गर्न खोजिरहेकी छिन् कि । नयाँ हिरोले चित्त दुखाउलान् कि ?