सुष्मा महराको तीज गीतमा नीता(भिडियो)

ब्युटिसियन सुष्मा महरा शाहको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । सुष्माको शब्द, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयम्ले पनि नृत्य गरेकी छिन् । गीतको एरेञ्ज निरज श्रेष्ठले गरेका हुन् । फेसियल हाउसको प्रस्तुतिमा तयार गीतको भिडियोमा गायीका सिर्जना खत्री, जुम्बा प्रशिक्षक रुक्साना उदास लगायत अन्य थुप्रै परिचित अनुहार पनि चित्रित छन् । भिडियो सञ्चारकर्मी उज्जवल जङ्ग शाहको परिकल्पनामा तयार भएको हो । प्रविन थापाको निर्देशनमा तयार गीतमा नमराज घिमिरेको छायांकन,  दिपेन्द्र घिमिरेको फोटोग्राफीका साथमा शक्ति प्रज्वल घिमिरेको कलर र सम्पादन छ ।