तीजमा ब्रत बस्दै हुनुहुन्छ ? यस्ता समस्या देखापर्न सक्छन्

हिन्दु महिलाहरुको महान् पर्व ‘तीज’ जसमा धेरैले ब्रत लिइरहन्छन् । पर्व मनाउने वा धर्म सस्कृतिलाई निरन्तरता दिनका लागि लिइने ब्रतका साथ साथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ । पानी पनि नखाई ब्रत बस्नुपर्छ भन्ने तीजको मान्यता रहेको छ । यसरि निरन्तर लामो समयको लागि भोकै बस्दा आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या उत्पन्न हुन सक्छ ।

मधुमेह भएका ब्यक्तिहरु भोकै बस्दा पनि विभिन्न समस्याहरु देखा पर्न सक्दछन् । हाम्रो शरीरबाट विभिन्न तरिकाबाट पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाई व्रत बस्दा डिहाइड्रेसन हुन सक्छ । तीजको बेलामा नाँचगानतर्फ ध्यान दिँदा शरिरवाट सामान्य मात्रामा भन्दा वढि पानी बहिरने हुँदा डिहाइड्रेसन हुने सम्भावना अझै वढी हुने गर्छ ।

खानाको ब्यालेन्स नमिल्नाले शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्छन् । यस्तो अवस्थामा हाम्रो शारिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु रोगहरु लाग्न सक्ने जोखिम बढ्छ । टाउको दुख्न्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ । किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति ब्रत बस्दा पाइदैन त्यसकारण हात खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने जस्ता समस्या समेत देखिन सक्छ ।

विभिन्न असरहरु देखापर्ने हुनाले ब्रत वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ । ब्रत बसेको अवस्थामा छिनछिनमा पानी पिउने, शारिरिक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने, सितल वातावरणमा बस्ने, निरन्तर खाइरहनुपर्ने औषधिहरु छन भने समयमै खाने, शरिरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने तथा व्रत सकिने बितिक्कै खाइने खानामा समेत विचार पुर्याउनु पर्ने हुन्छ ।