शिल्पा पोखरेलको ‘थाहा छैन’ (भिडियो)

नायिका शिल्पा पोखरेलको नयाँ भिडियो सार्वजनिक भएको छ।  भिडियोमा मोडेल  नविन बूढाथोकीले नायिका पोखरेलको आसु पुछ्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । सन्तोष जंग थापाको शब्द , आषिक राईको संगीत र  अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन’ को भिडियोमा  मोडेल नविन बूढाथोकी  र  नायिका शिल्पा पोखरेलको अभिनय छ । आषिक राइले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ ।