एमी कर्माचार्य ‘द सुपर मम’

केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को बिजेता भक्तपुर निबासी एमी कर्माचार्य बनेकी छन् । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुलाइ पछी पार्दै उनले उपाधि जितेकी हुन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिश्प्रधामा उतारिएको आयोजक सस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन् । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन् ।