द ह्वाइट जोन नेपालको साधारणसभा सम्पन्न

द ह्वाइट जोन नेपाल अर्गनाइजेसनले आफनो प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार आयोजित साधारणसभाको प्रमुख अतिथ्यता बांगलुङ क्षेत्र नम्बर १ का सांसद् सुर्य पाठकले गरेका थिए ।

 

बिशिष्ठ अतिथि द ह्याइट जोन अमेरिकाका संस्थापक सभापति राजेश थापा, अतिथीमा बरेङ सेवा समाजका अध्यक्ष युवराज श्री, जनता बैंकका कानुनी सल्लाहाकार तथा अधिवक्ता भोजराज भण्डारीले गरेका थिए ।

द ह्वाइट जोन नेपाल अर्गनँइजेसनको प्रारम्भिक साधारणसभाले अध्यक्षमा पदम कुमार गिरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा भरास खड्का, सचिवमा जुनु कार्की, कोषाध्यक्षमा सजक योञ्जन, सदस्यहरुमा राजन बराल, सुरवी सापकोटा, हरिकला फौदार र अरुण खड्कालाई चयन गरेको छ ।

द ह्वाइट जोन अन्तराष्ट्रिय सञ्जालको रुपमा बिश्वभरी फौलिएको छ । द ह्वाइट जोन नेपाल पनि बिदेशमा रहेका नेपालीहरु युवाहरुले सञ्चालन गरेको विरुद्ध रुपमा सामाजीक अभियानमा काम गर्दै आइरहेको छ ।

अर्गनाइजेसनले नेपालमा नेपालीहरुलाई सहयोगका लागि नेपालमा कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढेको संस्थाका अध्यक्ष पदम कुमार गिरीले बताए । यस्तै द ह्याइट जोन नेपालले नेपालमा गरिबीको चपेटामा परेका,अल्पसंख्यक समुदायका बालबच्चाहरुलाई सहयोग गर्दै अँएको छ भने द ह्वाइट जोन नेपालले २०७२ सालमा गएको विनासकारी भूकम्पबाट क्षति भएको विद्यालयको पुर्ननिमार्ण तथा पीडितहरुलँई सहयोग समेत गरेको थियो ।