नेपाली फिल्म प्रमोसनमा भारतीय कलाकार गुलसन

भारतीय कलाकार गुलशन ग्रोवर नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि उनी मंगलवार दिउँसो काठमाडौं ओर्लिएका थिए । उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे ।

उनी बिहीवार राजधानीमा हुने ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरमा सहभागी हुनका लागि तेश्रो पटक नेपाल आएका हुन्  । पेमा धोन्डुपको निर्देशन रहेको यो अन्तर्राष्ट्रिय फिल्म बजारलाई मध्यनजर गरि बनाइएको पहिलो नेपाली फिल्म हो ।  गुलशनसँगै पाटन दरवार स्क्वायरमा फिल्मकी अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देललगायत उपस्थित थिए । नकिम उद्दिनले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकार कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ । फिल्म आउदो शुक्रबार बाट प्रदर्शनमा आउदै छ ।