समारीको ‘ठिक छ ठिक छ’ सार्बजनिक

र्यापर तथा हिप-पप गायक भरत समारीको गीत “ठिक छ ठिक छ” सार्बजनिक भएको छ । शब्द संगीत गायक भरत समारीको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् । ‘”ठिक छ ठिक छ” मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिना  बल तामाङको अभिनय रहेको छ । देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् ।