हलिउडमा डेब्यु गर्दै टाइगर श्रफ !

बलिउडका लेटेस्ट एक्शन स्टार टाइगर श्रफ अब हलिउडमा पाईला टेक्ने भएका छन् । खबर अनुसार हलिउडका एक प्रड्यूसर लरेन्स कैसानोफको नजर टाईगर श्रफमा परेको छ । लरेन्स टाईगरसँग अन्तिम डिस्कसन गर्नका लागि मुंम्बई पुगेका छन् । पछिल्लो समय टाईगर सिद्दार्थ आनन्दले निर्माण गरिरहेको ‘हलिउड रेम्बो’ बलिउड रिमेकमा व्यस्त छन् । उनले उक्त फिल्ममा मुख्य भुमिका निभाईरहेका छन् ।

एक भारतिय च्यानल अनुसार हलिउडका सुपरहिट मार्सल कम्ब्याट फिल्म सिरीजका प्रड्यूसर लरेन्स र टाईगर बिच मुंबईको एक होटेलमा मीटिङ भएको थियो । लरेन्सका अलवा हलिउडका फिल्म ब्याटमेन सिरीजका लेखक सीन काथरीन डेरेक पनि टाईगरलाई भेट्न मुंम्बई पुगेका थिए ।