‘तिमी हासेको पल’ मा पल र आंचल

प्रमोद खरेल तथा रजिना रिमाल स्वरबद्ध गीत ‘तिमी हासेको पल’ सार्वजनिक भएको छ । कमल अधिकारीको संगीत रहेको गीतमा हरी कटुवालको शब्द रचना रहेको छ ।

उक्त भिडीयोमा पछिल्लो समय सर्बाधिक रुचाईएका जोडी पल शाह र आचल शर्माको रोमान्सलाई देख्न सकिन्छ । सशान कन्डेल निर्देशित भिडीयोमा सिजन बरालको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ ।