रुपक र निकिताको ‘तिमी सधै’ (भिडियो)

रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत ‘तिमी सधै’ सार्बजनिक भएको छ । गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।