दीपिकाका दुई हिरो पल र निराजन

दिवाकर भट्टराईको नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ का लागि दुई नायक फाइनल भएका छन् । फिल्ममा नायिका दीपिका प्रसाईँको साथमा पल शाह र निराजन प्रधान अनुबन्धित भएका छन् ।

फिल्ममा दीपिका, पल र निराजनकै मुख्य भुमिका रहने छ । फिल्मले प्रेम कथा बोल्ने यस अघि नै निर्देशक भट्टाराईले बताएका छन्  ।