आंचल-पलको ‘तिमी साथ भएपछि’

आंचल शर्मा र पल शाहको अभिनय रहेको गीत ‘तिमी साथ भएपछि’ सार्वजनिक भएको छ । गीतमा टिका प्रसाईंको स्वर हरि लम्सालको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको रचना सुरेस वाग्लेले गरेका हुन् ।  जुलेखा खानको शृंगार,सुरेश बसेलको कोरियोग्राफी, उत्सव रसाइलीको छायाकन र निशान घिमिरेको सम्पादन भिडियोमा रहेको छ । भिडियो निर्देशन अर्जुन अधिकारिले गरेका हुन्।