शिव परियारको गीतमा स्वस्तिमा-आकाशको जोडी

गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’  गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।