आँचल र अनुपको शहर (भिडियो)

नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्मा अभिनित भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ । बसन्त निरौला निर्देशित यस गीतको भिडियोमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर आएकी छन् । भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।