राज सागरको स्वर र बसन्त चौधरीको शब्दमा ‘उद्धार गरौँ’ सार्बजनिक

गायक राज सागर स्वरमा सन्देशमुलक गीतको लिरिकल भिडियो सार्बजनिक भएको छ । राज सागरकै संगीत रहेको ‘उद्धार गरौँ’ बोलको गीतको शब्दहरु बसन्त चौधरीले लेखेका हुन् । गीतको संगीत संयोजन राहुल विश्वकर्माले गरेका हुन् ।

गीतको रेकर्डिंग बुधबार भ्वाईस अफ नेपालको स्टुडियोमा गरिएको थियो भने गीत बिहिबार युट्युबमा सार्बजनिक गरिएको हो । भिडियो युट्युब च्यानल भिओएन बाट रिलिज गरिएको छ ।

समय सापेक्ष गीतमा कोरोना भाइरसलाई मानवताको शत्रुको रुपमा चित्रण गरिएको छ । गीतमार्फत गीतकार चौधरीले संकट र अप्ठ्यारो परिस्थितिबाट गुज्रीरहेका मानिसहरुको उद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।