नविन गहतराजको ‘उड्दै छु’ सार्वजनिक

नविन गहतराजले गीत ‘उड्दै छु’ सार्वजनिक गरेका छन् । गीतमा शब्द संगीत र स्वर स्वयम गायक नवीन गहतराजको रहेको छ भने  गीतको एरेन्जमेन्ट सनिरले रहेको छ । अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लाकन्दरी र सृष्टि सिंहको अभिनय रहेको छ । जीवन रसाइलीको कन्सेपट र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो ।