आँचलको स्टोरीमा उदिप

अभिनेत्री आँचल शर्माले मेरो बेष्ट साथी भनेर लेखिन् । आँचलले उदिप श्रेष्ठलाई बेष्ट साथी भनेकी हुन् । उदिप र आँचल बेष्ट साथी भएका छन् ।

आँचलले उदिपसँगको फोटोलाई स्थान दिन बढी नै थालेकी छिन् । आँचल शर्मा फिल्म कम, म्यूजिक भिडियो धेरै खेल्छिन् ।

आँचलसँग खेल्न तयार फिल्म अब छैन । अभिनेता पल शाह र आँचलको प्रेमको खबर पहिले जस्तो रापिलो रहेन । आँचल र पलको ब्रेकअप भएको खबर आइरहेको छ ।

आँचलको स्टोरीमा उनको बेष्ट साथी बढी अटाउन थालेका छन् । उदिप श्रेष्ठ पेशाले डाक्टर हुन् । हिरोइनसँग एक यूवाको फोटो धेरै आएपछि फिल्मीकर्मीको चासो बढ्छ । आँचलले उदिपसँग साथीको नाता भनेर भनिरहेकी छिन् । आँचल फेरि फेसबुक, इन्स्टाको स्टोरीमा उदिपलाई बढी अटाइरहेकी छिन् । आँचलले नयाँ संकेत गर्न खोजेकी छिन् कि ?