संभावना बोकेकी नवनायिका उपासना

फिल्म ‘क्याप्टेन’ रिलिजपश्चात अहिले नायिका उपासना सिंह ठकुरीको खुबै चर्चा छ । यो फिल्मले राम्रो तारिफ कमाएपछि उपाशना पनि खुशी छिन् । फिल्ममा उनले गरेको कामलाई दर्शकले मन मन पराएका छन् । यति कम समयमा धेरै प्रशसा कमाइरहेकी उनको फिल्म क्षेत्रमा भाग्य खुल्ने अनुमान गर्न सकिन्छ ।

फिल्म ‘क्याप्टेन’ मा गाउँमा हुर्किएर काठमाण्डौसम्म आइपुगेकी एक यूवतीको भूमिकामा काम गरेकी उपासनाको अभिनय, प्रस्तुती सबै उत्कृष्ट छ । यो फिल्मबाट उनले संभावना देखाएकी छिन् । यसै बिचमा नायिका उपासनालाई अर्को एक फिल्मबाट अफर आएको छ । नायिका उपासनालाई रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘कबड्डी ३’बाट अफर आएको हो ।

फिल्म‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएसँगै उनलाई रामबाबुले नायिकाको रुपमा अफर गरेका थिए । उपासनाले भने ‘क्याप्टेन’को प्रतिक्रिया पश्चात आफूले गर्ने वा नगर्ने भन्ने निर्णय लिने बताएकी थिइन् । वुझिएअनुसार, उपासनाले केही दिनमै यो फिल्ममा संझौता गर्नेछिन् । यस फिल्मका लागि नायक दयाहाङ राई फाइनल भैसकेका छन् । नायक प्रदिप खड्कासँग पनि कुरा भैरहेको छ । प्रदिपले पनि फिल्ममा औपचारिक संझौता गर्न मात्र बाँकी छ । यसैले पनि नायक अनमोल केसीपछि उपासनाले दयाहाङ र प्रदिपसँग जोडी बाध्ने संभावना बढेको छ ।