मण्डलामा ‘उपियाँको निबन्ध’

मण्डला थिएटरमा यही मङ्सिर २५ अर्थात भोलिबाट केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक ‘उपियाँको निबन्ध’ मञ्चन हुने भएको छ ।

यस अघि ४० पटक मञ्चन भैसकेको नाटक भोलि बेलुका ४१औं पटक मञ्चन हुन लागेको हो  । मङ्सिर २५ बाट मन्चन हुने नाटक पुष ३ गतेसम्म चल्नेछ । हरेक दिन दिउसो १२ बजे र साँझ ५ बजे नाटक मञ्चन हुने छ भने शनिवार दिउसो १ बजे र साँझ ५ बजे समेत उपियाँको निबन्ध’ मञ्चन हुनेछ ।