वरुणले कलंकको असफलताका विषयमा मुख खोले

भारितिया अभिनेता वरुण धवन आफ्नो प्रत्येक प्रोजेक्टबाट आफुलाई अझ फराकिलो पार्दै लैजाने कलाकारमा पर्छन्  । उनको हालै प्रदर्शनमा आएका फिल्महरु बद्रीनाथ की दुल्हनियां, अक्टूबर, कलंक सबैमा फरक फरक भूमिका रहेको छ  ।

कलंकको खराब समिक्षाका बिषयमा उनले मुख खोलेका छन् ।  उनले भनेका छन्, ‘म मेरो हरेक कामलाई चुनौतीको रुपमा लिन्छु र आफ्नो अभिनय राम्रो बनाउन पूर्ण तवरले मेहेनत गर्छु ।  म असफलतासंग डराउने मान्छे हैन  । तर प्रत्येक फिल्म एक चुनौती हो मेरो लागि प्रत्येक पटक मेहेनत गर्छु र अभिनय सुधार्न प्रयास गर्छु ।’

असफलताको बिषयमा खासै नसोच्ने उनले थपे ‘असफलता सफलता जुन सुकै पेशाको पनि हुन्छ र फिल्म उद्योग यसबाट अछुतो छैन  । मेरो बिचारमा जबकेही नराम्रो हुन्छ त्यस पच्चात पक्कै राम्रो हुन्छ ।