ऋतिक भर्सेस टाइगर स्टारर फिल्म ‘वार’ पोष्टर सार्वजनिक

ऋतिक रोशन भर्सेस टाइगर स्रफ स्टारर फिल्म ‘वार’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा ऋतिक र टाइगरको एक्सन अवतार देखाइएको छ ।

यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको फिल्म तामिल तेलगु र हिन्दी भाषामा आउदै छ । आदित्य चोपडाको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मको पोस्टरमा बाणी कपूर पनि छिन । बहु प्रतिक्षित फिल्म ‘वार’ अक्टोवर २ बाट प्रदर्शनमा आउने छ ।