छायांकनको पहिलो दिन नै ‘होपलेस’ भएँ – विल्सन विक्रम राई

‘हिरो बनाउन ल्याएको का तिमी त जोक्कर नै पो बन्न खोज्छौ’ पहिलो दिन नै कलाकार विल्सन बिक्रम राईलाई ‘पहिलो गासमा झुंगा झैँ भयो । ‘तक्मे बुढो’को क्यारेक्टर लामो समयबाट निभाउदै आएका राईको कबड्डी कबड्डी कबड्डीको धन काजी बन्दै गर्दाको  पहिलो दिनको अनुभव थियो यो । कबड्डी सिरिजमा नयाँ क्यारेक्टरको रुपमा उपासना संगै भित्रिएका छन्, कलाकार विल्सन विक्रम राई । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फिल्म छायांकनको पहिलो दिन संगसंगै फिल्मको सम्पूर्ण अनुभव सेयर गरेका छन् । उनको पहिलो सिन नै डामाडोल भएको थियो । त्यसकारण सम्पूर्ण टिमको प्रेसर र फिल्मले बनाएको स्टारडमको प्रेसर आफुमाथि परेको उनले बताएका छन् ।

‘ट्रेलरमा भएको रोटी खादै गरेको सिन खिच्नु पर्ने थियो । म आफ्नै तरिकाले अभिनय गर्दै थिएं ।  निर्देशक राम बाबु गुरुङ त ‘भयो, भएन’ केहि पनि नभनी कट नै नभनी बाहिरिनु भयो । मेरो त सातो नै गयो । ‘ उनले थपे “त्यसपछी एडी, टेक्निसियन देखि राइटर अन्य कलाकार सबैले मलाई घेर्नु भयो । ‘के हो यस्तो’ भन्ने कुरा आयो । म त पुरै होपलेस भएछु । यति सम्म आतिएकी ‘मलाई पोखराबाट टिकट गर्दिनु आज नै फर्किन्छु’ भन्ने परिस्थितिमा पुगें ।’ त्यो सिनको लागि मैले ४५मिनेट जति ब्रेक लिए । लाइटिंग चेन्ज गरेर फेरी सुट भयो र फाइनल भयो ।  त्यसको ३ ४ दिन पछी मात्रै मेरो अर्को सुट थियो ।”

उनको पहिलो दिनको अनुभव खासै मिठो नभए पनि समग्र अनुभव मिठो भएको बताए । यो फिल्मबाट आफुमा स्क्रिप्ट पढ्ने बानी बसेको उनले बताए ।  फिल्म छायांकन अघि सम्म उनी स्क्रिप्ट पढ्न थालेका थिए ।  फिल्मको कथाले सम्पूर्ण कलाकारलाई धनकाजीको बासस्थान घान्द्रुक तान्छ र त्यहि नै सिन अघि बड्छ ।

उनलाई तक्मेबुढोबाट धन काजी बन्न केही सहज भयो भने धेरै अप्ठारो पनि । एउटा क्यारेक्टरमा बानी परेका उनलाई एक्कासी अर्कै क्यारेक्टरमा जादा धेरै नमिलेको भान भएछ । उनको अनुभव छ ‘तक्मे बुढो बनेर दर्शकको वाहवाहीले फुर्किएको म अन्य क्यारेक्टरमा जादा क्यारेक्टर बुझे पनि ‘बडी ल्यांग्वेज’ मा ध्यान दिन बिर्सिदो रहेछु ।  तर अर्को सहजता पनि पाएँ यो क्यारेक्टरमा, म ‘युवा’ जहिले बुढोमान्छेको अभिनय गर्न पर्ने, यस पटक भने मज्जाले आफ्नै उमेरको क्यारेक्टरमा रहेर अभिनय गर्न पाए । सहज भयो धेरै नैं ।”

तक्मेबुढो संसार घुमेको धेरै बर्ष बिताएर आफ्नो परिचय बनाएको मान्छे ।  तर कबड्डी क्यारेक्टर धन काजी अर्काले कमाएको नाम र धनमा रवाफ देखाउन पर्ने रहेछ ।  क्यारेक्टरको हिसावले बिल्कुल फरक भए पनि उनले अभिनय गर्न रमाइलो भएको र धेरै सिक्ने मौका मिलेको बताए ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा विल्सनको साथमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ । बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।