दिपकलाई दीपाश्री ‘ब्याउने’ अचम्मलाग्दो चासो : फिल्मको प्रमोसन कि बेइजत ?

छक्का पन्जा टिमको गुनासो ‘जोकर’ को फिल्म भने भन्ने थियो । अझै पनि सामाजिक संजाललाई नियाल्दा यस किसिमको कमेन्ट पाउन सकिन्छ । यसो भन्नुको पछाडी यस फिल्मका अधिकाम्स कलाकार कमेडी गर्दै टेलिफिल्मबाट फिल्ममा भित्रिएका हुन् । भलै उनीहरुले गर्ने फिल्ममा कमेडी मसलाको रुपमा हुन्छ र फिल्मको मुख्य बिषय सामाजिक चेतनामा आधारित हुन्छ, उनीहरुलाई केहि दर्शकले जोकर भन्न छोडेका छैनन् ।

यहि टिमले निर्माता रोहित अधिकारीसंग मिलेर फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका छन् । फिल्ममा केकी अधिकारी, सुपुश्पा भट्ट यो टिम भन्दा बाहिरबाट आएका छन् । साथै यस पटक दीपा श्री निरौलाले निर्देशकीय जिम्मा दिपेन्द्र लामालाई दिएकी छन् आफु सल्लाहकार बनेर । फिल्म यहि असोज २४गते दशैंको टिका भन्दा केहि दिन पछीबाट प्रदर्शनमा आउने छ । निर्माण टिमले फिल्मका सामाग्री प्रमोसनका लागि दर्शक माझ प्रस्तुत गर्दै गएको छ । गीत र ट्रेलर सार्वजनिक गरेको टिमले आज मात्रै प्रमोसनल गीत भन्दै प्यारोडी गीत ‘बीच्च बीच्चमा’ सार्वजनिक गरेको छ ।

गायक दुर्गेश थापाको तीज गीत ‘बीच बिचमा’ लाई लिएर टिमले प्रोसनल गीत बनाएको छ । गीतको सुरु देखि अन्त्य सम्म टिम कै ‘बेइजत’ देख्न सकिन्छ । जोकरको उपाधी पाएका यो टिमका कलाकारलाई यस गीतले प्रमोट गरेको छ । र ‘हो हामी जोकर नै हौ’ भन्न खोजेको भान हुन्छ ।

गीतको सुरुमा दुर्गेशलाई फिल्मको प्रमोसनको लागि अप्रोच गर्दा उनले गर्दिन भन्छन् । तर उनलाई ‘दुइचार वटा गीत हिट हुदैमा हिरो बन्छस्’ भन्दै अपहरणको सैलीमा छ माया छपक्कैका कलाकारले उठाएर लैजान्छन् । यो व्यंग्य दुर्गेशलाइ हो या यहि फिल्मको टिम दिपक, दीपा, मुन्द्रे, माग्ने लगायतलाई ? बुझ्न गारो छ ।

गीतमा ‘यस्ता यस्ता हिरो हुन्छन हाम्रो ठाउमा’ भन्दै आउटलुकको बिषयमा प्रश्न चिन्ह उठाएका छन् । गीतको बीच तिर माग्ने मुन्द्रेलाई भन्ट्याङ भुन्ट्याङ र दीपकलाई बुढो भनिएको छ । रफटफ ड्रेसअपमा देखिएका दीपकलाइ बुढो भन्दै उडाइएको छ । दीपकको यतिका मेहेनतका वावजुत उनकै टिमले धज्जी उडाए ।  मानव अधिकार लगायतको विषयले स्थान पाइरहेको बेला हाइट कम भएकै कारण माग्ने र मुन्द्रेलाई भन्ट्याङ भुन्ट्याङ भनिएको छ । यसले होचा आम जनमानसप्रति समेत तिखो बाण प्रहर गरिएको छ । शारीरिक बनावटलाई मजाक बनाउन कानुनले समेत बन्देज गरेको छ ।

अब कुरा गरौ फिल्मकी सल्लाहकार दीपा श्रीको, उनलाई सार्वजनिक रुपमा मान हानी गरिएको छ । ‘यसपाली त दीपाश्री ब्याउने कुरो छ’ गीतको शब्द यस्तो रहेको छ ।  यसरि एक अविवाहित महिलाको बिषयमा तल्लो स्तरको शब्द प्रायोग गर्न निर्माण टिमको कुन प्रकारको समझले दियो उनीहरुलाइ नै थाहा होला ।  गीतकै बिषयमा केहि समय अघि दीपक राज गिरीले ‘घाटी भन्दा तल’ बोलको आरजन पाण्डेको गीतका बिषयमा एक अभिव्यक्ति दिएका थिए । उनको स्ट्याटस जस्ताको त्यस्तै: गीत लेखेपछि पूरै लेख्या भए हुने …आज घॉटी भन्दा मुनि मात्रै आयो …भोलि नाइटो भन्दा मुनि मात्रै आउला त्यसपछि कम्मर ….. हैट!!!
अरुलाइ सिकाउने दिपक आफ्नो केसमा चै किन चिप्लिए ? अझ गीत सेयर गर्दै उनले त्यहि ‘ब्याउने’ कुरामा फोकस गरेर लेखेका छन् । (उनले पोस्ट सम्पादन गरेका छन्)

अब कुरा गरौ फिल्मका नयाँ कलाकारको । प्रमोसनल गीतमा अनुहार देखाइए पनि जति चर्चा अन्य पुराना कलाकारको भएको छ केकी को त्यति भएको छैन ।  अझ सुपुष्पाको त एक ठाउमा नाम सम्म आएको छैन ।  यो टिमलाइ के को घमण्ड हो यस्तो ? जब दीपा स्क्रिनमा देखिदिनन् भने उनलाई प्रमोसनको लागि किन प्रयोग गरिएको हो ? त्यो पनि त्यति निच शब्द प्रायोग गर्दै ? फिल्मका निर्देशक त गुमनाम झैँ छन् । नामकै लागि फिल्ममा जोडिएको भनेर चर्चा भैरहेको, राम्रा फिल्म बनाउने निर्देशक दिपेन्द्र लामा यहि ‘जोकर’ भनिने टिमको छायामा परेका छन् ।

अन्त्यमा ‘छ माया छपक्कै’ टिमले प्रमोसन गर्न कै लागि भनेर बनाएको गीतले के साचै प्रमोसन गर्छ होला त ? कि फिल्म नगरीको ‘नाम होस् बद्नाम होस् तर गुमनाम नहोस’ को सिद्दान्तलाई निरन्तरता दिन्छ ? युटुवमा सार्वजनिक फिल्मको ट्रेलर गालीले भरिएको छ । फिल्म चल्नु भनेको पैसा कमाउनु मात्रै हो र ? छ माया छपक्कै टिमलाई प्रश्न । । ।