फिल्म निर्जलाको गीत ‘यसपालीको दशैंमा’

फिल्म निर्जलाको गीत सार्वजनिक भएको छ । बाबुल गिरी तथा सुजता बर्मा स्वरबद्ध गीत ‘यसपालीको दशैँमा’ सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना तथा संगीत बाबुल गिरीको रहेको छ भने फिल्मका मुख्य कलाकार किशोर खतिवडा तथा शुभेच्छा थापाको दमदार नृत्य रहेको छ ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ । फिल्म लभ, कमेडी र एक्सन मिक्स गरि बनाइएको छ । राजु गिरीको निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । फिल्ममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध,  कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ ।