अमेरिकामा अनमोल र सुहानाको रोमान्स

चैत्र २९ देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ टिम यतिबेला फिल्म छायांकनका लागि अमेरिकामा छ । फिल्मका मुख्य कलाकार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा, कलाकार सरोज खनाल, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा लगायत अमेरिकामा फिल्म छायांकन सकेर सोमवार नेपाल फर्कँदै छन् ।

अमेरिकामा फिल्ममा समावेश गीतको केही दृश्य र फिल्मका केही सिनहरु छायांकन गरिएको निर्देशक झरना थापाले बताएकी छिन् । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने निर्देशन नायिका/निर्देशक झरना थापाको रहेको छ । डेब्यु नायिका सुहाना सुनिल र झरानाकी छोरी हुन् ।