अफेयरबारे आलिया कन्फ्युज

अभिनेती आलिया भट्ट २५ वर्ष पुगेकी छिन् । सन् १९९३ मार्च १५ मा जन्मिएकी आलिया सानो उमेरमै बलीउडमा सफलता प्राप्त गर्ने कम हिरोइनमध्येमा एक हुन् । केहि दिनदेखि नयाँ फिल्म ब्रम्हास्त्रको सूटिंगका लागि बुल्गेरियामा रहेकी आलियाले यसपटक परिवारका साथ जन्मदिन मनाउन पाइनन् ।


तर, उनलाई ब्रम्हास्त्र फिल्मको टिमले सूटिंग सेटमै सरप्राइज पार्टी दिएको छ । केहि दिनअघि आलियाको अभिनेता प्रेमी सिद्धार्थ मलहोत्रासँग ब्रेकअप भएको खबर आएको थियो । सिद्धार्थसँग छुटिएपछि उनी रनबिर कपुरसँग डेट गरिरहेको समाचार फैलिदै गर्दा अर्कोतिर केहि मिडियाले आलिया रनबिरसँग होइन कि बिजनेसम्यान केबिन मित्तलको प्रेममा रहेको दाबी गरे । केबिन एअरटेलका मालिक सुनील मित्तलका छोरा हुन् ।


आफ्नो अफेयरका बारेमा आहिरहेका खबरबारे आलियाले मुख खोलेकी छिन् । उनले आफ्नो अफेयरसम्बन्धी बिबिध खबरले आफु कन्फ्युजनमा पर्ने गरेको बताएकी छिन् । ‘जब मेरो डेटिङ तथा अफेयरको समाचार पढ्छु, म आफै कन्फ्युजनमा पर्छु,’ उनले भनेकी छिन्, ‘म आफैलाई थाहा नभएको कुराको मिडियाले के आधारमा समाचार बनाउछन्, म त चकित पर्छु । त्यसैले म यस्ता कुरामा जुहारी खेलेर बस्दिन ।’ उनले आफ्नो निजी जिन्दगी बारे सार्वजनिक गर्न मन नपर्ने बताउदै मान्छेहरुले आफ्नो बारेमा जे भने पनि आफुलाई केहि फरक नपर्ने दाबी गरेकी छिन् ।


आलियाले २५ बर्षकी भए पनि आफुमा बच्पना अझै हाबी रहेको बताएकी छिन् । बुवाआमा, आफन्त तथा साथीहरुले आफुलाई ठुली भएको भन्ने गरे पनि आफुमा परिपक्वताअझै नआइसकेको उनी स्विकार्छिन् ।
साभार :कान्तिपुर साप्ताहिक