गायक नवीन के भट्टराईको नयाँ “खाली यो मन” बोलको गीत सार्वजनिक

गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। ‘खाली यो मन’ बोलको गीतलाई शब्द र सङ्गीत दीपक पाण्डेले भरेका हुन्। गीतको सङ्गीत संयोजन नवीन स्वयंले नै गरेका छन् । पछिल्लो समय फरक प्रकारको गीत सङ्गीत सार्वजनिक गरिरहेका नबिनले यो गीतलाई पनि दर्शक तथा श्रोता हरू ले मन पराउने आशा व्यक्त गरेका छन्।

बिजिना राजभण्डारी तथा सक्ष्यम श्रेष्ठ को अभिनय रहेको गीतको भिडियोलाई नवीन पत्नी नबिनाले निर्देशन गरेकी हुन्।नरेश एयर ले खिचेको उक्त भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्। गीतलाई नवीन को आफ्नै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।