कमजोरी स्वीकार्दै सौगात

अभिनेता सौगात मल्लले चलचित्र छनौट गर्न नसक्नु आफ्नो कमजोरी भएको कुरा बताएका छन् ।

आफूले अभिनय गरेको चलचित्र लालपुर्जाको प्रोमोसनका क्रममा पोखरा पुगेका मल्लले चलचित्रबाट अफर आउदा चलचित्रको बिषयबस्तु तथा आफ्नो  क्यारेक्टरमा ध्यान पुर्याउनुभन्दा पनि साथीभाइ, चिनेजानेको भन्दै चलचित्र छनौट गरेकाले सफलता प्राप्त गर्न कठिनाइ भएको बताए । मेरो अभिनय पनि ध्वस्त भै सकेको छ, उनले भने । बितेका दुइ बर्षमा धेरै कुरा सिके, अब छनौट गरेर मात्र चलचित्र लिन्छु , मल्लले आफ्नो योजना सुनाए । बाहिर हल्ला गरिएजस्तो आफ्ना चलचित्र असफल भएको कुरामा भने उनी सहमत भएनन् । चलचित्रले कति ब्यापार गर्यो, कमाइ भयो कि भएन भन्ने कुरा निर्मातालाई मात्र थाहा हुन्छ । निर्माता सन्तुष्ट छन् भने सिक्वेल बनाउने तयारीमा लाग्छन तर बजारमा अर्कै हल्ला गरिन्छ, सौगातको तर्क थियो ।

साभार :कान्तिपुर साप्ताहिक