मैले रोएर मायाको भिक मागे – पुजा शर्मा

काठमाडौं – फिल्म क्षेत्रमा कालाकारहरुको एकअर्कासंग नाम जोडिनु ठुलो कुरा भने होइन । तर पछिल्लो समय अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ बिचको मित्रतालाई लिएर अड्कल लगाइयो । सामाजिक संजालहरुमा पुजा र आकाशको समाचार समेत बने । पुजा आकाशले आफुहरु प्रेममा रहेको कुनैपनि अन्तवार्तामा खुलाएका छैनन् । नेपाली फिल्म क्षेत्रमा दर्शकले निकै रुचाइएको जोडी हो । फिल्म ‘रामकहानी’ मा पहिलो पटक साथमा स्क्रिन शेयर गरेर सुरु भएको उनीहरुको व्यवसायिक यात्राले मित्रता परिणत हुन समय लागेन । रामकहानी पछि उनीहरुले ‘सम्हालिन्छ कहिले मन, पोइ पर्यो काले, सम्झना विर्सना’ ’ फिल्ममा एकसाथ काम गरेका छन् । साथै केही म्यूजिक भिडियो पनि सँगै देखिएका छन् । तर यो सम्बन्धमा तितोपन आयो । रजतपट टिमले राजधानीको एक बाल गृहमा खाना खुवाउने कार्यक्रममा आकाश सहभागी भएका थिए ।

आकाश र पुजा राहात वितरणमा छुटिएसङै उनीहरुको सम्बन्धमा खटपट सरु भएको हो । अहिले सम्म प्रेमको अनुभव र आकाश सँगको प्रेमको बारेमा कुनै मिडियामा नबोलेकी पुजाले नाम नतोकी नै भएपनि हिट नेपाल सङको अन्तवार्तामा भावपूर्ण अन्तरवार्ता दिएकी छन् । उनले भनेकी छन्- मैले जीवन साथी नै सबथोक हो भनेर सोचे आफ्नो परिवारको कुरा समेत सुनिन् तर म गलत साबित भए । उनले आकाशको नाम त लिएकी छैनन् तर पछाडिको साढे तिनवर्ष बवार्द भएको बताएकी छन्  । ‘उनले भनिन् – म पछाडिको साढे तिनवर्ष मेटाउन चाहन्छु । ‘मलै मायाको लागी कसैसङ रोएर भिख समेत मागे । तर अब मलाई त्यो माया चाहिनँ र मलाई अलिकति फिल्गस पनि छैन ।” किनभने एउटा छोरी मान्छेले हरेक कुरा सहन सक्छे, आफ्नो जीवन साथीलाई जस्तो सुकै कठिन समयमा पनि साथ दिन सक्छे दु : ख सहन सक्छे तर आफ्नो जीवन साथीले अरूसँग पनि आफैँसँग जस्तो व्यवहार गरेको र जिस्किएको सहन सक्दिन् । माया भनेको रूपले होइन व्यबाहारको कारण दिगो बन्छ । उनले सोही अन्तवार्तामा ऐश्वर्या राय र सलमानखानको उदाहरण समेत दिएकी छन् । उनले थपेकी छन् –  मिडियामा अनुशासन र माया लाग्दो अनुहार हुँदैमा सोही व्यक्ति उस्तै नहुने रहेछ । पर्दा र पर्दा बाहिर फरक रूप हुँदो रहेछ ,जुन भोग्नेलाई मात्र थाहा हुन्छ । पहिला भन्दा आफूलाई फरक महसुस गरेको र आफ्नो जिन्दगीमा आफ्नो लागी माया र चासो राख्ने व्यक्तिहरू आएको उनले बताएकी छन् ।”