लघु फिल्म ‘शुभ सन्ध्या’ बन्ने

 

काठमाडौँ- जातीय विभेद र महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । फिल्ममा सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य भूमिका रहने छ भने बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ । निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको चलचित्र रवि कोइरालाले छायाँकन गर्दैछन् ।