अभिनेता राजेश हमालले किने जीप कम्पास

 

काठमाडौँ- अभिनेता राजेश हमालले नयाँ जीप कम्पास किनेका छन् । बिहीबार हमाल र उनकी श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । ‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुसी छु कि आज मैले जीप किनें । केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको छ ।

यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ । ‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार टि्रममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।