विवाह गर्दै रेश्मा

काठमाडौं-  टिकटकबाट दर्शकमाझ चिनिएकी अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले आगामी मंसिर १४ गते विवाह गर्ने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग गत वर्षको मंसिर १८ गते इन्गेजेमन्ट गरेकी उनले आगामी साता विवाह गर्न लागेकी हुन् । रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरु नजिक भएका थिए । परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् । विराटनगरमा हुने उनीहरुको विवाहमा परिवारका सदस्य तथा आफन्तको मात्र उपस्थिति हुनेछ । रेश्माले साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि काठमाडौंमा पार्टी गर्दैछिन् ।