कुमार कट्टेल ‘जिग्री’ले ‘मायाले जीवन सजाऊ’ ल्याउने

 

चर्चित हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक गर्ने भएका छन्।  हास्यकलाकारद्वय आफ्नै दाइ तथा भाउजु सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुन्जना घिमिरे ‘सुन्तली’ को १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर मंसिर १४ गते सो गीत सार्वजनिक गर्ने भएका छन्। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ। गीत स्वरमा गायिका अस्मिता अधिकारीले कुमारलाई साथ दिएकी छिन्।

कुमारले यस अघि आफ्नो जन्मदिनको अवसर पारेर गत साउन ४ गते पहिलो गीत मञ्जुरी सार्वजनिक गरेका थिए।